सिमानमा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमिमै ‘भ्यु टावर’ बनाउन दिएनन् ।

Spread the love

फाइल तस्विरः इलाम, २३ कार्तिक । देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यु टावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी) ले रोक लगाएको छ । यहाँ भ्यु टावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सीमा नाघेको हो । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ ।

इलामको सीमा क्षेत्रमा भारतीय एसएसबीको एक किसिमको ‘दादागिरी’ नै रहेको स्थानीय बताउँछन् । उनीहरूले नेपालको जङ्गलबाट दाउरा काट्ने, नेपाली भूमिको पानी प्रयोग गर्ने गरेका छन् । यस्तै नेपाली बजार सन्दकपुर र काला पोखरी क्षेत्रका होटेलमा खुलेआम रूपमा हतियार बोकेर डुल्ने गरेका छन् । तर, भारततर्फ भने कोही नेपालीलाई पाइला राख्न समेत दिँदैनन् । राजधानी दैनिकबाट


Spread the love