साम्रागीका बोल्ड तस्बीरहरु

Spread the love

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित फिल्म ‘मारुनी’ रिलिजको क्रममा छ । पछिल्लो समय नेपाली फिल्म वृत्तमा डिमान्डेड नायिका बनेकी साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने हट तस्वीरका कारण पनि चर्चामा रहन्छिन् ।

यतिबेला साम्राज्ञी इन्डोनेसियाको बालीमा पुगेकी छिन् । त्यहाँ उनले आफ्नो फुर्सदको समय बिताइरहेकी छिन् । बालीको समुद्रमा पुगेकी साम्राज्ञीले त्यहाँका केही हट तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा साम्राज्ञी निकै कूल देखिएकी छिन् ।

बिकिनी अवतारमा साम्राज्ञीले शेयर गरेका तस्वीरमा फ्यानले कैयन् प्रतिक्रिया दिएका छन् । त्यसो त साम्राज्ञीले प्रायः आफ्ना बिकिनी तस्वीर शेयर गर्ने गर्छिन् । केही समयअघि उनले गोप्य अंगछेउ खोपाएको ट्याटुले विवादमा ल्याएको थियो ।

साम्राज्ञी अभिनित फिल्म ‘रातो टीका निधारमा’ दशैँमा रिलिज हुँदैछ ।

इ नेपाल संवाददाता, अस्ट्रेलिया


Spread the love