साउन १ बाट भिसा शुल्क बढ्दै

Spread the love

सरकारले  १० वर्षपछि प्रवेशाज्ञा भिसा शुल्क बढाएको छ । बढेको शुल्क साउन १ गतेदेखि कार्यान्वयमा आउनेछ । मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तन भिसा शुल्क लागू गर्न लागेको हो । 

गृहले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो । 

गृहले पर्यटकीय भिसा अन्तर्गत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्‍याएको छ । यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्र्यो । त्यस्तै, ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्‍याईएको छ ।

पर्यटकले यसअघि ४० डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्‍याएको छ । यसमा ३५ डलर बढाइएको छ ।

By इ नेपाल संवाददाता, अस्ट्रेलिया


Spread the love