संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन राष्ट्रपतिद्वारा दलहरूलाई बिहीबारसम्मको समय

Spread the love

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राजनीतिक दललाई बिहीबारसम्मको समय दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सोमबार संसद्‌मा विश्वासको मत हासिल गर्न नसकेपछि उनले यसका लागि दलहरूलाई आगामी वैशाख ३० गतेसम्मको समय दिएकी हुन्।

राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्तिअनुसार ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ।

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम तीन वर्षअघि २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि राखेको प्रस्ताव पारित हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान गरेकी हुन्।

हेर्नुहोस् विज्ञप्ति


Spread the love