विदेशी लिगमा डेब्यु गर्दै सोमपाल

Spread the love

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले विदेशी लिगमा डेब्यु गर्ने भएका छन् । सोमपाल विंनिपेग हक्सको एड्मोंटन रोयल्ससँगको खेलमा शुरुवाती ११ परे पछि विदेशी लिगमा डेब्यु गर्ने भएका हुन् ।

सोमपाल लेग स्पिनर सन्दिप लामिछाने पछि विदेशी लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सोमपाललाई विंनिपेग हक्सले केहि समय अघि भएको ड्राफ्टमा तीन हजार अमेरिकन डलरमा आफ्नो टोलीमा समावेस गरेको थियो । सोमपाल सन्दिपसँगै सिंगापुरमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोट पछाडी क्यानाडा उडेता पनि पछिल्ला खेलहरुमा शुरुवाती ११ मा स्थान बनाउन असफल भएका थिए ।

आजको खेलमा विंनिपेग हक्सले टस हार्दै पहिले ब्याटिंग गर्ने भएको छ ।


Spread the love