लामो समय पछि महानायक राजेश हमाल र करिश्मा मानन्धरको दमदार अभिनय रहेको गीत सार्वजनिक [ भिडियो सहित ]

Spread the love

काठमाडौँ । लामो समय पछि महानायक राजेश हमाल सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको अभिनयमा रहेको चट्ट बसम देउरालीमा बोलको गीत सार्वजनिक भएको छ । कुनै समयमा नेपाली सिने क्षेत्रमा निकै रुचाइएको यो जोडी लामो समयपछि एकसाथ फेरी पर्दामा देखिएका छन् । उक्त गीत दर्शकहरूले खुबै रुचाएका छन् । गीतमा लोकप्रिय गायिका मेलिना राई र भीम चापागाईँको स्वरमा रहेको छ ।

सार्वजनिक भिडियोले राजेश र करिश्माको पुरानो कामलाई समेत स्मरण गराउने र प्रेम भाव प्रकट गर्दा प्रेमीले प्रेमीकालाई आफ्नो बनाउन नसक्दाको कथालाई नजिकबाट देखाइएको छ । पछिल्लो पुस्ताका चर्चित गीतकार तथा सङ्गीतकार दीपक शर्माका शब्द सृजनामा शर्माकै सङ्गीत रहेको गीतमा लोकप्रिय गायिका मेलिना राई र भीम चापागाईँको सुमधुर स्वर रहेको छ जसको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका छन् भने सम्पादन अच्युत बजागाइले गरेका हुन् । एट के अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियो रिलिज भए लगत्तै राम्रो चर्चा पाइरहेको गायक चापागाईँले बताए । भिडियो हेर्नुहोसः


Spread the love