योगेश भट्टराई बने संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री

Spread the love

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीको सपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिलिम्सना लगायतको उपस्थिति थियो । भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्री भट्टराईले बुधबारबाटै कार्यभार सम्हालेका छन् ।


Spread the love