युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्यो पल र पुजाको गीत

Spread the love

काठमाडौँ/ पल शाह र पूजा शर्माको अभिनय रहेको चलचित्र म यस्तो गीत गाउँछु २ को गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्न सफल भएको छ । सुदर्शन थापा निर्देशन रहेको चलचित्र म यस्तो गीत गाउँछु २ को पहिलो गीत तिम्रो घरको वरिपरि बोलको गीत केही दिन पहिले मात्र सार्वजनिक भएको थियो । यही फागुन २३ख गते बाट देशका विभिन्न हलहरूमा एकै साथ पर्दशनमा आउने भनिएको चलचित्र भिडियोमा अहिलेका एकदमै चर्चित सङ्गीतकार अर्जुन पोख्रेलको शब्द तथा सङ्गीत रहेको छ ।

सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । सोनम तोप्देनलाई सुदर्शनले आफ्नो नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बाट अभिनेताको रुपमा डेब्यू गराउँदैछन् । सार्बजनिक भिडियोलाई छोटो समयमा धेरैले मन पराएका छन् भने अहिले य़ुट्युब ट्रेण्डिङ्गको पहिलो स्थान मा पुग्न सफल भएको छ । कम समयमै धेरै दर्शकहरुले मन पराउन सफल भएको सो फिल्म को गित अहिले ट्रेण्डिङ्ग नम्बर १ मा पुगेको छ । गीतको अडियो र भिडियो दुबै गजब बनेको छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर खिचिएको गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

भने, पाँच सयभन्दा बढी कोरसले नृत्य गरेका छन् । सौरभ लामाले खिचेको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् भने यो गीतले चलचित्रको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेमा निर्माण टिम विश्वस्त छ । हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको देख्न सकिन्छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । पूजा र सुदर्शन चलचित्रका निर्माता हुन् ।

‘म यस्तो गीत गाउँछु २’ लाई रिलिज अगावै ‘स्योर सट हिट’ भनिन थालिएको छ । दोस्रो पटक पल र पूजाको जोडी पर्दामा हेर्न दर्शक निकै आतुर छन् । बनिश शाह र मिलन श्रेष्ठले मिलेर चलचित्रको सम्पादन गरेका हुन् । भने, सत्यम रानाको भिएफएक्स छ|


Spread the love