मेरो ब्वाइफ्रेन्ड किन छैन ?

Spread the love

गत शुक्रबार आफ्नो २९ औं जन्मदिन मनाएकी कृति सेनले आफ्नो ब्वाइफ्रेन्ड किन छैनन् भन्ने कुराको खुलासा गरेकी छिन् । गत शुक्रबार नै सार्वजनिक भएको उनको चलचित्र अर्जुन पटयालाको प्रेस कन्फरेन्सका अवसरमा कृतिले आफ्नो को–स्टार बरुण शर्माका कारण आफू सिंगल रहनुपरेको बताएकी हुन् ।

त्यस क्रममा कृतिले फुकरे स्टार बरुण शर्माले आफूसँग प्रपोज पनि नगरेको र आफूलाई अरुसँग पनि देख्न नचाहेको बताएकी थिइन् । कृतिले बरुण शर्मा आफूप्रति यसरी प्रोटेक्टिभ हुनुको कारण आफूले अहिलेसम्म थाहा नपाएको दाबी समेत गरेकी छिन् ।

उक्त अवसरमा कृतिले भविष्यमा आफू कसैसँग इंगेज भए त्यो आफ्नो नीजि कुरा हुने बताएकी थिइन् ।

प्रकाशित :श्रावण २३, २०७६

– साप्ताहिक संवाददाता


Spread the love