भोलिबाट कास्कीका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने ने.वि संघ कास्कीको घोषणा

Spread the love

पोखरा ईन्जिनेरिङ कलेजबाट प्रहरी प्रशासनले ने.वि संघले आन्दोलन गर्ने क्रममा पो.ई.क. ईकाई सभापती टेनिस श्रेस्ठ लगायत ने.वि संघका नेताहरु विकास रानाभाट, फिरोज सुबेदी राजिब भडारी, नन्दलाल साप्कोटा, निश्चल पाण्डे  लगायत लाई निर्ममता पुर्वक पक्राऊ गरेको थियो।
त्यसको विरोधमा ६ बजे देखी पृथ्वी नारायण क्याम्पसमा नेपाल विद्यार्थी संघ कास्कीका सभापति बिकास थापाको नेतृत्वमा मसाल जुलुस सहित शान्तिपुर्ण प्रदशन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेर नेपाल विद्यार्थी संघका प्रभावकारी नेता पशुपति भट्टराईलाई कुटपिट गरि प्रहरी प्रशासनले  गिरफ्तार गरेको छ। साथै प्रहरीको लाठीचार्जबाट केहि विद्यार्थी नेताहरु घाइते भएका छन।कार्यक्रमको समापन गर्न पृथ्वीनारायण क्याम्पस गेट अगाडि कोण सभा आयोजना गरिएको थियो। कोण सभामा बोल्दै ने.बि संघ कास्कीका सभापति बिकास थापाले “गिरफ्तार भएका ने.बि संघका सम्पुर्ण नेताहरुलाई चाडो भन्दा चाडो रिहाइ नगरे नेपाल विद्यार्थी संघ कास्कीले आन्दोलनको आधिबेरी ल्याउने  र सम्पुर्ण श्रतिपुर्ति को जिम्मेवारी स्वयम प्रसासनले लिनु पर्ने ” भन्दै नेता थापाले नेपाल विद्यार्थी संघ कास्कीले साउन १ गते बाट कास्की जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने घोषणा गरेका छन। साथै नेता थापाले गिरफ्तार नेताहरुको रिहाई माग गर्दै ने.बि संघ कास्कीले विभिन्न आन्दोलनका कार्यक्रमहरु तह गरेर अघि बढ्ने कुरामा जोड दिए।


Spread the love