भा’वुक हुँदै टेलिभिजन अन्तरवार्तामै रो’इन् आलिया…(भिडियो)

Spread the love

मुम्बई । चर्चीत बलिउड अभिनेत्री आलिया भट्ट एक टेलिभिजन अन्तरवार्तामा भा’वु्क बन्दै रो’एको विषयलाइ लिएर अहिले समाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।  ‘वि द विमन इभेन्ट’मा आफ्नी दिदी शाहीन भट्टसँग पुगेकी आलिया आफ्नी दिदीका बारेमा बोल्दै भा’वुक बनेकी हुन् । आलियाले आफ्नी दिदी आफ्नो परिवारको सबैभन्दा प्रतिभावान भएको बताउदै आफुले आफ्नी दिदी जति दिनुपर्ने जति सहयोग गर्न नसकेको बताउदै भावुक बनेकी हुन् ।

आफ्नी दिदी डिप्रेसनमा गएको विषय किताबको रुपमा आउदा आफु खुशी नभएको बताउदै आलिया किताब आएपछिको प्रतिक्रियाले आफ्नी दिदीलाई खुशी देखेको बताएकी थिइन् । शाहीनले एक बर्ष अगाडी आफ्नो डिप्रेसनका विषयमा ‘आई’ नेभर बिन ‘अन’ ह्यापीयर किताब लेखेकी थिइन् । किताबमा मानसिक स्वास्थ्यको बारेमा उल्लेख रहेको छ । यस कार्यक्रममा शाहीनले आफु १७ बर्षको हुदा आत्महत्या गर्ने प्रयास गरेको बताएपछि आलिया भावुक बनेकी थिइन् । आलियाको २०२० मा सडक-२, ब्रह्मास्त्र र त्रिपल आर गरी तीन ठुला फिल्म आउदै छन् । आलियाको पछिल्लो फिल्म कलंक रिलिज भएको थियो, जुन बक्स अफिसमा फ्लप भएको थियो । भिडियो हेर्नुहोसः


Spread the love