बिगब्यासमा सन्दिप मेलबर्न स्टार्सबाट खेल्ने पक्का

Spread the love

नेपाली बलर सन्दिप लामिछानेले बिगब्यासमा लगातार दोस्रो सिजन मेलबर्न स्टार्सबाट खेल्ने पक्का भएको छ ।

बीपीएल टिम मेलबर्न स्टार्सले आज औपचारिक घोषणा गर्दै सन्दिप टिममा कायम रहेको जनाएको छ । यो सिजनको टिम सार्वजनिक गर्ने कार्यक्रममा प्रशिक्षक डेविड हस्सीले सन्दिप यससिजन पनि टिममा रहेको बताएका थिए ।

अघिल्लो सिजन आठ खेलमा ११ विकेट लिएका सन्दिपले आजै क्यारेवियन प्रिमियर लिगमा आफ्नो तेस्रो खेल खेल्दैछन । यसका साथै सन्दिप टी-१० लिगकाे ड्राफ्टमा पनि पर्ने स‌म्भावना बलियाे रहेकाे छ । अघिल्लाे सिजन बिग ब्यासमा तहल्का मच्चाएका सन्दिपले चार खेलमा चार वटा टिमका कप्तानलाइ पेभेलियन फर्काएका थिए ।

यसपटकपनि बिगब्यास लिगका लागि कुरा गर्न सन्दिप वेष्ट इन्डिज जानु भन्दा अगाडी एक साता अष्ट्रेलिया बसेका थिए । उनि त्यसैबाट क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए ।


Spread the love