बासी भात स्वास्थ्यका लागि निकै लाभदायक

Spread the love

तपाईको घरमा भात उब्रिय के गर्नुहुन्छ ? गाउ घर तिर भए गाई बस्तु शहर तिर भए कुकुर वा कसै कसैले त आँफै भुटेर खाने गरेको पनि पाईन्छ । कतिले त बासी भात स्वास्थ्यका लागि हानिकारक वा बासी भात खानु हुन्न भनी मिल्काउने गरेको धेरै देखेका छौ । अबका दिनमा जब तपाईको घरमा साँझ वा बिहान बचेको बासी भात फ्याँक्ने भूल नगर्नुस् । तपाईलाई पनि थाहा नहुन सक्छ, त्यही बासी भात स्वास्थ्यका लागि कति लाभदायी छ ?

– बासी चामलको गुण चिसो हुन्छ । यदि तपाईले बताइएअनुसार दिनहुँ बासी भात खानुभयो भने यसबाट तपाईको शरीरको तापक्रम पनि नियन्त्रणमा रहनेछ ।

– यदि तपाईमा चिया वा कफीको लत छ भने बिहान उठेर बासी भात खानुभयो भने तपाईको त्यो लत केही दिनमै नियन्त्रण हुनेछ ।

– एक अध्ययन अनुसार बासी चामलको भातमा माइक्रो–न्युट्रिएन्ट्स र अन्य कयौ आवश्यक मिनरल्स हुने गर्दछ । यस्तोमा हरेक दिन बिान चामलको बासी भात खानु दाभलायी हुनेछ ।

– चामलमा भरपुर मात्रामा फाइबर्स हुने गर्दछ, जसले कब्जियतको समस्यामा फाइदा पुराउने गर्दछ ।

– बासी भातले तपाईलाई दिनभर चुस्ततन्दुरुस्त बनाइराख्नेछ, यसबाट दिनभर काम गर्नका लागि इनर्जी पनि प्राप्त भइरहनेछ ।

– तपाईलाई अल्सरको समस्या छ भने सातामा तीनदिन भासी चामलको भात खानुस्, यसबाट चाँडै तपाईको घाउ ठिक हुनेछ ।


Spread the love