बजारमा चुइङ्गम भर्सेस पराग

Spread the love

नेपाली सांगीतिक बजारमा ‘चुइङ्गम भर्सेस पराग’ बोलको लोक गीत सार्वजनिक भएको छ । राष्ट्रिय सभाकी सदस्य तथा गायिका कोमल वली र पत्रकार ऋषि धमलाले सयुक्त रुपमा विमोचन गरेको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा लय तथा शब्द सिर्जना राजकुमार बानियाँको रहेको छ । गीतमा प्रिती आले, राजकुमार बानियाँ, रविन लामिछाने र टीका सानुको स्वर सुन्न सकिन्छ । गीत जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो ।

गीत सार्वजनिक कार्यक्रममा गायिका प्रिती आलेले गीत सन्देशमूलक रहेको बताउँदै गीतलाई माया गरिदिन आग्रह गरिन् । रचनाकार तथा गायक बानियाँले चुइङ्गम र पराग सेवन स्वास्थ्यका लागि हानिकारक रहेको सुनाउँदै उक्त गीतमार्फत आफूहरूले चुइङ्गम र पराग नखाऔं भनेर सन्देश दिन खोजेको बताए ।

गीतको म्यूजिक भिडियो :


Spread the love