पुडासैनी प्र’करणः रवि लामिछाने सहित तिनै जना आज जिल्ला अ’दालत चितवनमा उपस्थित हुँदै ।

Spread the love

असोज ५, चितवन । पत्रकार शालिकराम पुडासैनी घ’टनामा आइतवार रवि लामिछाने सहित तीन जना चितवन जिल्ला अदा’लतमा उपस्थित हुने भएका छन् । पत्रकार शालिकराम पुडासैनी आ’त्मह’त्या प्रक’रणमा चितवन जिल्ला अदा’लतमा आइतबार देखि साक्षी बकपत्र सुरु हुने भएको हो। अदा’लतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार रवि लामिछाने सहितका तीन जना उपस्थित भए पछि बकपत्र सुरु हुनेछ। रवि सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अ’दालतले आदेश दिएको थियो।

उनीहरुलाई आ’त्मह’त्या दुरु’त्साहनको आरोप लागेको छ। दु’रुत्साहन आ’रोपमा प’क्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपैयाँ र अस्मिता सादा तारेखमा गत भदौ ९ मा रिहा गरेको थियो। आ’त्मह’त्या दुरु’त्साहनको आ’रोप लागेपछि तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट प’क्राउ गरी चितवन ल्याएको थियो। शालिकराम साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका थिए। उनको मोबाइलमा भेटिएको भिडियोमा तीन जनामाथि आ’त्मह’त्या गर्न बाध्य पारिएको आ’रोप लगाएका थिए।

सोही भिडियोका आधारमा रवि सहित तीन जना उपर अनुसन्धान सुरु भएको हो ।


Spread the love