पामेलाको पत्र

Spread the love

हलिउड अभिनेत्री पामेला एन्डरसनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र लेखेकी छिन् । उनले प्रदूषणका कारण भारतको अवस्थाप्रति चिन्ता जनाएकी छिन् । साथै पामेलाले मोदीसँग शाकाहारी खानालाई प्रोत्साहन गर्नसमेत आग्रह गरेकी छिन् । दिल्लीमा गम्भीर वायु प्रदूषणमाथि उनले भनेकी छिन्– ‘त्यहाँ रहने प्रत्येक जीवका लागि म चिन्तित छु । मलाई मानिसहरूका साथ–साथै जनावरहरूको पनि चिन्ता छ, जो आफ्नो अनुहारमा मास्क लगाउन सक्दैनन् ।’

पामेलाले पिपुल फर द इथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) मार्फत मोदीलाई उक्त पत्र लेखेकी हुन् । पामेलाले मोदीसँग सबै सरकारी बैठक तथा कार्यक्रमहरूमा केवल शाकाहारी खानामात्र पस्किनका लागिसमेत आग्रह गरेकी छिन् ।

बेवाच श्रृंखलाबाट चर्चामा आएकी पामेलाले ग्लोवल वार्मिङ तथा प्रदूषणलाई आजको विश्वको ठूलो समस्या भएको उल्लेख गरेकी छिन् । उनले सन् २०५० सम्ममा ३६ करोड भारतीय परिवर्तित वातावरणबाट नराम्ररी प्रभावित हुने तर्कसमेत प्रस्तुत गरेकी छिन् । 

from saptahik dainik


Spread the love