पाँचै एआइजीको सरूवा, मेट्रोमा प्रद्युम्न कार्की

Spread the love

सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव लगेको थियो। 

स्रोतका अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षणका एआइजी प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा सरूवा भएको छ। 

मेट्रोका एआइजी हरिबहादुर पाललाई कार्य विभागमा सरूवा गरिएको छ। 

यस्तै, प्रशासन विभागका एआइजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरूवा गरिएको छ। 

अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेललाई एकेडेमी सरूवा गरिएको छ। 

हालै बढुवा भएका एआइजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको छ। 

कार्य विभागमा सरूवा भएका मेट्रोका एआइजी पाल र एकेडेमी सरूवा भएका अपराध अनुसन्धान विभागका एआइजी पोखरेल सरूवा भएको सात महिना मात्रै भएको थियो। 

कार्की र शाही सरूवा भएको ११ महिना पुगेको थियो। साधारणतया, एक वर्षको कार्यसम्पादन सम्झौता अनुसार विभागीय प्रमुखहरूलाई एक वर्ष सरूवा भएको ठाउँमा काम गर्न दिनुपर्ने मान्यता छ।

तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सातै महिनामा एआइजी सरूवाका लागि गृहमा प्रस्ताव पठाएका थिए।


Spread the love