नेप्लिज डान्स कम्पिटीसन अस्ट्रेलियामा मेल्बोर्नबाट पाँच एकल सहित बार्ह नृत्यहरु सहभागी हुँदै

Spread the love

नेप्लिज एसोसियसन अफ क्विन्सलैण्डको प्रस्तुती, एनआरएनएको सहकार्यमा आगामी २८ र २९ सेप्टेम्बरमा आयोजना हुन लागेको पाँचौ न्युजिलैण्ड अस्ट्रेलीया नेप्लिज डान्स कम्पिटीसनमा भिक्टोरीयाबाट पाँच एकल, पाँच युगल र दुई समुह गरि बार्ह नृत्यहरु सहभागी हुँदैछन्।

भिक्टोरीयाबाट सहभागी हुने एकल नृत्यमा एन्जीला चाँपागाई, वर्षा पुन, जेनी गुरुङ, शायद श्रेष्ठ र सुमन गुरुङ रहेका छन् भने युगल जोडीमा एन्जीला चाँपागाई र प्रेरणा खड्का, वर्षा भण्डारी र नताषा थापा, वर्षा पुन र सुमन गुरुङ, शायद श्रेष्ठ र रचना श्रेष्ठ अनि उडेन शेर्पा र सुप्रिया लामाको जोडी रहेको छ। समुहगत नृत्यमा शायद श्रेष्ठ,रचना श्रेष्ठ, वर्षा भण्डारी, नताषा थापा र एन्जीला चाँपागाईको समुह र उडेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र प्रबिसा श्रेष्ठको समुह छनोटमा परेका छन्।

QUT Gardens Theatreमा आगामी २८ र २९ सेप्टेम्बरमा हुने कार्यक्रमको लागि ब्रिस्बेनका सहभागीहरुको प्रत्यक्ष अडिसन लिएको थियो भने अन्य स्टेटबाट श्रव्यदृश्य अडिसन मार्फत छनौट गरिएको थियो। 

By Manoj Poudyal


Spread the love