नेपाली चेली डा. रश्मी शाह ‘नासा’बाट सम्मानित

Spread the love

डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित भएकी छन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेको हो । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरी मा रिसर्च टेक्नोलोजिस्ट का रुपमा कार्यरत छिन्।

सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् । साहले नासामा आवद्ध भएको ५ वर्षमै अत्यन्तै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् । नासाका कुनै कर्मचारीले नासामा आ वद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गरिन्छ ।

साहले माटोको मोस्चर मापन, आद्रभूमि, हिउँको गहिराई र समुन्द्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । नेपालकी मधेशी रश्मीले अमेरिकामा गएर यो उपलब्धी हासिल गरेपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ । डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् ।


Spread the love