नारायणघाट-मुग्लिन सडकखण्डमा खसेको भीमकाय ढुंगो

Spread the love

चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ।

अविरल वर्षापछि पहिरोसँगै ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो। बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन।

दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो। सडकको बीचमा ढुंगो रहेकोले सवारीसाधन सञ्चालनमा समस्या छ।

एक्साभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेका छन्। ढुंगोको दायाँबायाँबाट सवारी साधन सञ्चालन गरिएको छ। पहिरो खस्ने क्रम नरोकिएकोले ढुंगा फुटाउन सकिएको छैन।

सडक डिभिजन कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालका अनुसार ढुंगा फोर्ने तयारी छ। डोजर वा एक्साभेटरले धकलेर ढुंगा यताउता सार्न सक्ने अवस्था छैन।

यो ढुंगा खसेको ठाउँ नजिकै एउटा पसल थियो। त्यहाँका मानिस भने सुरक्षित छन्।

अविरल वर्षासँगै नारायणघाट-मुग्लिन सडकखण्डका चारकिलो र पाँचकिलो तथा केराबारीमा पहिरो खसेका थिए। ती पहिरो हटाइसकिएको छ।

हेर्नुस् तस्बिरहरू:

सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी।

Source : Setopati


Spread the love