दिर्घायुका लागि गहिरो निद्रा

Spread the love

सानोमा असल विद्यार्थीका पाँच लक्ष्यण मध्ये एउटा लक्ष्यणमा कम निद्रा (पातलो निद्रा) भनेर सिकाइन्थ्यो । तर, स्वास्थ्यका हिसावले मानिसले प्रयाप्त निद्रा निदाउनु पर्ने स्वाथ्यकर्मीहरु बताउँछन् । निद्रा शरीरका लागि मात्रै नभएर दिर्घायुका लागि पनि जरुरी छ । 

चिकित्सकहरुका अनुसार स्वस्थ रहनको लागि दैनिक कम्तिमा ६–८ घण्टा निदाउनु पर्छ । वैज्ञानिकहरुले गरेका विभिन्न शोध अनुसार निन्द्राले हाम्रो शरीरलाई आराम दिने मात्रै होइन यसले शरीरलाई स्वस्थ पनि राख्छ ।

निन्द्राको अभावका कारण मानिसलाई विभिन्न खालका रोग लाग्न सक्न छ । परिक्षणको लागि डेबिड होल्ट्जम्यानले मुसा र मानिसको शरीरमा शोध गरेका थिए  । शोधमा निन्द्राले मुसा र मानिस दुवैमा बिटा एमिलोयडको स्तर प्रभावित गर्ने र शरीरमा कम्पन पैदा गर्ने तथ्य पत्ता लाग्यो ।

विशेषज्ञहरुका अनुसार हामी दिनमा ६ घण्टाभन्दा कम सुत्यौं भने वा निन्द्रा पुरा नहुनाले हाम्रो शरीरका केही कोषहरु बिग्रन्छ । यसैकारणल शरीर कााप्न थाल्छ । यसले शरीरको सन्तुलन बिग्रन्छ । निन्द्रा पुरा नभएमा उच्च रक्तचाप र मुटुको रोगको जोखिम बढेर जान्छ । 


Spread the love