तिम्रो घरमा बेहुली बनेर आउने मन छः निता ढुङ्गाना

Spread the love

काठमाडौँ २६ मङ्सिर / पटक पटक प्रेममा धोका खाएकी अभिनेत्री निता ढुङ्गानाले आफूलाई विवाह गर्न मन लागेको बताएकी छन् । मङ्सिर महिनामा धेरैको विवाह भएको र अभिनेत्री ऋचा शर्माको पनि यसै साता विवाह भएको बेला अभिनेत्री निताले बेहुली हुन मन लागेको कुरा फेसबुकमार्फत जनाएकी छन् । अभिनेत्री निताले बुधवार सामाजिक सञ्जाल फेसबुकमा आफू बेहुली भएको तस्बिर पोस्ट गर्दै विवाह गर्न मन लागेको बताएकी हुन् ।

बेहुलीको भेषमा आफ्नो तस्बिर राख्दै उनले फेसबुकमा लेखेकी छन्, ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ । तर कसको घरमा आई डन्ट नो ।’


Spread the love