ट्याक्सी चालकले अनिवार्य ड्रेस लगाउनुपर्ने

Spread the love

ट्याक्सी चिन्न ग्राहकलाइ सजिलो होस भनेर यस भन्दा अगाडि प्रत्येक ट्याक्सीको माथिल्लो भागमा पहेंलो कलर लगाउनु पर्ने भनेर उर्दि जारी भएपछि अहिले प्रत्यक ट्याक्सीको माथिल्लो भागमा पहेंलो कलर लगाइएको छ ।

अब त्यस्तै प्रत्यके भाडामा चलाउने ट्याक्सीको ट्याक्सी चालकले बुधबारदेखि अनिवार्य रुपमा ड्रेस लगाउने व्यवस्था गरेको छ । काठमाडौं महानगरीय ट्राफिक महाशाखाले सुन्धारामा विशेष कार्यक्रम गरी राजधानीका भाडाका ट्याक्सी चलाउने चालकका लागि अँध्यारोमा टल्कने र टाढैबाट ग्राहकहरुले प्रष्ट देखिने फ्लोरोसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू गरिएको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भएपनि पर्याप्त ड्रेस तत्काल सम्भव नहुने भएकाले एक महिनाको समय दिएको जनाएको छ । १ महिना भित्र सबै ट्याक्सी ड्राइभरले अनिवार्य रुपमा ड्रेस नलगाए कारबाही हुने महानगरिइ ट्राफिकले जनाएको छ ।

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुशासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिइसकेका छन् ।

उनले पूर्वाधार, उपयुक्त पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । माग अनुसारको मिटर उपलब्ध नगराई मिटर नराखेको भन्दै ट्याक्सी चालकहरुलाई कारबाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।


Spread the love