जुरुक्क उठ्यो तुरुक्क पार्यो अनि काममा दौडियो: अस्ट्रेलीयन जिन्दगी
के हो दाई बिहान बिहान हिड्नु भएछ त काम बिशेषले हो कि अरु केही काम बिशेषले हो। कामले नै हो भाई। यो देशमा कहाँ सजिलो छ र घर चलाउन।अनि दाईको त पिआर भएको होईन र भाईले प्वाक्क सोधी हाल्यो जुन कुरा नसुन्ने म जस्तो र नसोध्ने तपाई जस्तो कमै होलान् अस्ट्रेलीयामा। हो नि भाई पिआर त भयो तर के गर्नु पिआरले घर चल्दैन रहेछ। मुखमा माड नपर्ने रहेछ। आची पुछ्ने किन्नलाई पैसो चाहिन्छ यो देशमा।
पिआर आए पछि तिम्रा चाहाना पनि उत्तिकै बढ्ने रहेछन्। पढिन्जेल पढाई त सकौ त्यस पछि त यसरी मोज गरिन्छ भन्यो। पढाई सक्यो। अव दुई बर्षे वर्किङ् भिषामा यसरी काम गर्छु कि टन्न पैसा कमाउँछु अनि बिन्दासको जिवन बिताउँछु भन्यो। घुँडो फुस्किन्जेल अनि ढाड तन्किन्जेल काम गर्यो। त्यस पछि पिआरको चपेटा हुन्छ। कसरी पाउने भनेर सोच्दै बित्छ गोडा दशएक महिना। पिटीई दियो एउटामा आउँछ अर्कोमा आउँदैन। अवको पाली कटाउँछु भन्यो नजिकको मिती कुन छ हेर्यो दियो। आउँदैन एउटा एउटाले धोका दिन्छ। जम्मा गर्या पैसा पनि त्यसै जान्छ। अव त पोईन्ट पुग्यो एप्लाई गरौ भन्यो। उताबाट आईमाईले धोती फेरे जस्तो नियम फेर्या फेर्यै गर्छ। यो गर्दा आउँछ भन्यो त्यो गर्यो। त्यसो गर्दा आउँछ भन्यो। अहँ आउँदैन। कुर्यो कुर्यो दुई तिन बर्ष पछि आउँछ त्यो पनि फलामैको चिउरा चपाए भन्दा कम गरि आउँदैन।
उमेर ढल्किदै जान्छ। पिआर त भयो। फलानोले घर किन्यो। चिलानोले यसो गर्यो। अरुलाई आफ्नो हैषियतसँग दाँज्यो। अव त घर किन्न पर्छ भन्यो। घर भाडा तिर्ने पैसो घरमा हाले ढिलो चाँडो घर आफ्नो हुन्छ भन्यो। कनिकुथी जोरजार गरेको पैसो घर किन्ने तिर लाग्यो। घर मन पर्छ पैसोले टेर्दैन। साथीभाईसँग लौ न यार सापट देउ भन्यो।
अस्ती एउटा कार्यक्रममा गएको। गायक बुढा चिनेका थिए। कार्यक्रम सके पछि घर जाम त भने तर लिएर जान सकिन। बुढाले पक्कै घर किने होलान् भनेर घर जाम त भने। आफु भने कोठामा बसेको थिए। केही बोल्ने आँटनै भएन। यताउता गरेर बुढालाई टारे। त्यसपछि त झन् घर नभई नहुने भयो भनेर दशठाउँ गरेर जोरजाम गरियो। घर किन्यो। घर त किन्यो।
घरलाई फेरी नयाँ सामान चाहियो। पुराना सामान घरमा के राख्नु। नयाँ घरलाई सबै नयाँ सामान। त्यस पछि हाउस वामिङ् भन्यो। त्यहि पैसो। घर किनी सक्दा पनि बोलाएन भन्छन्। अनि फेरी पालै पालो सवैको मन राख्दै बोलाउन पर्यो। बोलाएर पनि घरमा राख्यो। घरमा बस्न पो बोलाका भन्छन्। घुम्न लग्यो त्यहि पैसा। नघुमाउँ फेरी कति पैसाको लागि मरेका भन्छन्। एउटालाई बोलायो। उ हेर्न छुट्टाको। हामीलाई त के गन्थ्यो र भन्छन्।
देख्नेले भनी हाल्छन्।। ओ हो घर किनी सक्यो। गाडीमा सररर हिड्छन्। हरेक हप्ता पाटी भन्छन्। फोटो हालेका छन् व्हाँ क्या मोज गर्या छन् तिनीहरुले। त्यो स्थिती सम्म के कति हण्डर खायो कसैलाई बालै छैन किनकी सबैले देख्ने देखावटी मात्र हो।
पिआर पाए नि मात्र स्टेटस परिबर्तन हुन्छ। झन् खर्चका चाङ् बढ्दै जान्छन्। पिआर पाउँदा सम्म साथीभाई निकै बढ्छन्।साथीभाई बिस्तारै घरजम गर्छन् बाल बच्चा जन्मन्छन्। न्वारन भन्यो, जन्मोत्सव भन्यो, पास्नी भन्यो बोलाउँछन्। बोलाएपछि जानै पर्यो। गए पछि फोटो खिच्नै पर्यो। फोटो खिचे पछि फेसबुकाँ हाल्नै पर्यो। प्वाक्क कमेन्ट आउँछ व्हा क्या मोज छ है तलाई। मन मनै झनक्क रिस उठ्छ तर रिस देखाउँदिन फेरी ठुलो पल्टेछ भन्छन्। कमेन्टलाई लव रियाक्ट गर्यो अनि लेख्यो अँ हल्का मोजनै छ। के थाहा साथीलाई जुरुक्क उठ्यो तुरुक्क मुत्यो अनि काम तिर दौडीएको कथा। यस्तै छ अस्ट्रेलीयन जिन्दगी।जदौ