कप्तानलाई गार्‍हो

Spread the love

पारस खड्काले छाडेपछि नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान हुन्— ज्ञानेन्द्र मल्ल । टिमको नेतृत्व उनलाई सुम्पिनु ठीक निर्णय मानिन्छ र यसले कम्तीमा टिममा फुट आएन भनिन्छ । तर क्रिकेटमा अर्को के पनि भनाइ छ भने कप्तान भएपछि अन्य खेलाडीको तुलनामा आफैंले राम्रो पनि खेल्नुपर्छ । 

ज्ञानेन्द्रलाई लिएर समस्या यही हो । कप्तानका रूपमा उनको नाम आएका बेला धेरैको प्रश्न थियो, कतै खराब लयबाट गुज्रिरहेका ज्ञानेन्द्रले आफ्नो जिम्मेवारीलाई न्याय गर्न सक्ने त होइन ? नेपाली टिमले भर्खर बंगलादेशमा गएर एसीसी इमर्जिङ एसियाकप खेलेर फर्केको छ । त्यसमा पनि ज्ञानेन्द्रले राम्रो गर्न सकेनन्, एउटा खेलाडीको भूमिकामा । 

यस्तोमा उनी चर्को दबाबमा छन् र बुझ्न थालेका छन्, कप्तानलाई गाह्रै हुन्छ । ढाकाबाट काठमाडौं फर्केयता ज्ञानेन्द्रले पनि भने, आफ्नो प्रदर्शन राम्रो हुन सकेन । उनकै भाषामा यो भाग्यले साथ नदिएको पो हो कि ? तर उनले यति भने पक्कै भने, ‘मलाई कप्तान हुनुको दबाब छैन ।’ सायद यो औपचारिक उत्तरबाहेक अर्को केही थिएन, कप्तानलाई गाह्रो पक्कै हुन्छ ।


Spread the love