कन्सल्ट्यान्सीहरु चोर फटाहा होईनन्, मुर्ख त हामी हौ जो अन्धाधुन्ध नबुझी OKको भरमा बिदेश जान्छौ

Spread the love

सामाजीक सन्जाल हेर्यो भने लाग्छ कि कन्सल्ट्यान्सी जती चोर फटाहा ठग कोहीनै छैन्। बिधार्थी फसाउने, भविस्य बिगार्ने भनेर मात्र गाली गरिएको सुनिन्छ। पहिलो कुरो के तपाईले आफै बिदेश जाने सोच बनाउनु भएको कि कन्सल्ट्यान्सीले गएर पासपोर्ट बनाई दिएको। तपाईलाई जबरजस्ती भिषा थमाएर बिदेशका बडेमानका प्लेन कोची दिएको पक्कै होईन्। चोर दलाल फटाहा भन्दा भन्दै किन गएर रोई कराई गर्नु भयो त। 

लौ न जसरी पनि जान पर्यो जति खर्च लागेनी लागोस् भन्ने अनि पछि ठग भनेर आफै कुर्लिने। यो एक्काईसौ सताब्दी हो। कोही पनि लाटो अबुज हुँदैन यो जमानामा। हातमा स्मार्ट फोन हुन्छ, ईन्टरनेट हुन्छ। के ठीक र के बेठीक आफै छुट्याउन सकिन्छ। विश्वका कुनै पनि समाचार आँखा झिमीक्क गर्दा थाहा हुन्छ। 

कसैले हावा बोल्दैछ भन्ने आफुले पत्याई हाल्ने होईन्। त्यसकुराको अनुसन्धान गर्ने हो। बास्तबिकता खोतल्ने हो। के जायज र के नाजायज आफुले बिश्लेषण गर्ने हो।

लौ न दाई आईएलटिएस बिना जान मिल्दैन। मेरो त ४ आयो अब जसरी पनि मिलाई दिनु पर्यो भने रोई कराई गरे पछि सकेको मिलाउने कोसीश गर्ने हो। अर्को कुरा त्यो उनीहरुको पेशा हो, ब्यापार हो। ब्यापार गर्नेले नाफानै हेर्छ। कसैको भविस्यको ठेक्का त कन्सल्ट्यान्सीले लिएको हुँदैन। काम लगाई दिने, कोठा भाडा तिर्दिने, कलेजको फी तिर्दिने ठेक्का त लिएको हुँदैन। हामी कन्सल्ट्यान्सीलाई यसरी गाली गर्छौ कि हाम्रो जिन्दगी बनाउनेनै पुरै कन्ट्राक्ट साईन गरेको जस्तो। अबको जमानामा आफ्नो बिवेक प्रयोग गरौ। अरुलाई गाली गरेर कुनै माखो झर्दैन।

नोटः म कुनै कन्सल्ट्यान्सीसँग आबद्द छुईन मात्र लागेको कुरा लेखेको हुँ॥


Spread the love