ओली पक्षका प्रदेश सांसदलाई सोधियो २४ घन्टे स्पष्टीकरण

Spread the love

एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई २४ घन्टे स्पष्टीकरण सोधका छन्।

जेठ १२ गतेको संसदीय दलको बैठकमा सहभागी भई हस्ताक्षर गरेका निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै बोहोरालाई आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन भनिएको छ।

बोहोरालाई संसदीय दलको बैठकमा भएका निर्णयविरुद्ध सञ्चार माध्यममा के-कति कारणले बोलेको भनी सोधिएको छ। यस्तै निर्णय कार्यान्वयनमा बाधा पग्ने गरी गुटबन्दी गरेको, प्रदेश सरकारमा सहभागीता वृद्धि गर्ने संसदीय दलको निर्णयबारे भ्रम सिर्जना गर्न खोजेको आरोप लगाइएको छ।

उनलाई तथ्यगत जवाफ दिन भनिएको छ। अन्यथा संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने उल्लेख गरिएको छ।

प्रदेश संसदीय दलका नेता प्रकाश शाह माधव नेपाल पक्षका हुन्। वर्तमान प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भन्ने स्थायी कमिटीको बैठक निर्णयविपरीत शाहको नेतृत्वमा ७ जना एमाले सांसद सरकारमा गएका छन्।

ओली पक्षको एमालेले ती मन्त्रीहरूलाई पनि स्पष्टीकरण सोधेको छ।


Spread the love