असल जीवनसाथि खोज्दै हुनुहुन्छ भने यी चिजहरु अवस्य थाहा पाउनुहोला !

Spread the love

मानिसको जीवनमा बिवाह भनेको एकदमै महत्वपुर्ण कुरा हो ! मानिसको जीवनमा एकपटक नभई नहुने कुरा अन्तरगत बिवाह पनि एक हो ! एक जना बाट दुइ जना हुनको लागि धेरै पटक सोच्नु पर्दछ ! एक दुइ दिनको कुरा हैन जिन्दगी बिताउने कुरा हो ! विवाहको फैसला गर्नु भन्दा पहिले धेरै पटक सोच्नु पर्दछ ! आफ्नो जीवन मा असल जीवनसाथी भेटियो भने त जिन्दगि सफल र सुखी बन्न सक्छ तर जीवन साथि गलत छ भने जिन्दगि नै जिन्दगि जस्तो हुदैन

वास्तवमै विवाह गाह्रो र निकै चुनौतीपूर्ण हुन्छ । यदि जीवनमा कुनै खराब ब्यक्तिसँग सम्बन्ध गाँसिएमा पुरै जीवन ध्वस्त हुन्छ । त्यसैले विवाह गर्नुअघि आफ्नो जीवन साथीको छनोट गर्दा धेरै पटक सोच बिचार गरेर मात्र फैसला गर्नुपर्छ । जान्नुस् असल जीवनसाथी छान्ने सजिलो उपाय

दुवैजना समान हुनुपर्छ:  विवाह गरेपछि दुवै जनाको बराबर हक भएकाले दुवै जना सामाजिक ,सास्कृतिक र राजनिनिक रुपमा समान हुनुपर्छ । किनभने जीवनमा खुसी हुनको लागी दुवै जनाको एउटै सोच हुन जरुरी छ । यदि तपाईले रोजेको साथीसँग आफ्नो रुची ,ब्यवहार र सोच मिल्यो भने सम्झनुस् त्यो जीवसाथी बन्न लायक छ ।

जसले तपाईलाई विशेष सोच्छ, : जसले तपाईसँग समय बिताउनको लागी साथी जस्तै आनन्द मान्दछ । जसले तपाईलाई मन पर्ने कुराहरु मात्र गर्दछ भने सम्झनुस् त्यो तपाईको जीवनसाथी बन्न सक्छ । किनभने एक असल सम्बन्धको लागी एक अर्कालाई बुझेर ,सम्मान ब्यवहार हुन जरुरी छ । त्यति मात्र होइन् , यदि तपाईलाई कसैले आँखा चिम्लेर विश्वास गर्छ भने सम्झनुस् त्यो असल जीवनसाथी हो ।

कोही ब्यक्तिको उपस्थिति तपाइको लागी आनन्दमय हुनु : यदि कुनै ब्यक्तिको उपस्थिति तपाईको लागी निकै आरामदायक र सन्तुष्ट महसुस हुन्छ भने त्यो विशेष हुन्छ । तर कुनै ब्यक्तिलाई देख्दा नराम्रो महसुस हुन्छ वा भावनाहरु एक अर्कामा मिल्दैन् भने सम्झनुस् यो सम्बन्ध लामो समयसम्म टिक्दैन् ।

जसमा सामान्य झगडा र एक अर्काको कुराको आदार हुन्छ : सामान्य झगडा , तर्क र विवाद दुई सम्बन्धबीचको महत्वपुर्ण पक्ष हो । सम्बन्धमा सहमति र असहमति हुनु पनि स्वभाविक कुरा हो । किनभने दुइजनबीच कहिलेकाँही झगडा हुनु र रमाइलो कुराकानी भएन भने सम्बन्धमा रहनुको मजा नै हुदैन् ।


Spread the love