अर्घाखाँची बस दु’र्घ’टना: ज्या’न जानेको संख्या १९ पुग्यो‚ ९ जनाको सना’खत (नामावली सहित)

Spread the love

नरपानी, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सन्धिखर्क बाट बुटवल जाँदै गरेको बस नरपानीमा दुर्घ’टना हुँदा ज्या’न गुमा’उनेको सङ्ख्या १९ पुगेको छ । जसमा पुरुष १०, महिला ६, बालिका १, बालक १ रहेका छन् । हालसम्म सनाखत नामावली विवरण यस प्रकार छ:-

  • (१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढ
  • (२) माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
  • (३) मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
  • (४) बलराम भट्टराई, खाचिकोट डिहि
  • (५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
  • (६) राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
  • (७) सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा. ७ ( उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)
  • (८) शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची
  • (९) शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोट

अन्य मृ’तकको सना’खत हुन सकेको छैन । बुधवार दिउँसो दिउँसो १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्क बाट बुटवल जाँदै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) काला खोला / राता माटामा अपराह्न करिब ४ बजेतिर दु’र्घ’टना ग्र’स्त भएको थियो । १७ जनाको घ’टनास्थलमै र १ जनाको उपचारका लागि बुटवल लैजाँदै गर्दा ठाडामा र एक जनाको उपचारको क्रममा चौराहा हस्पिटल बुटवलमा नि’धन भएको प्रहरी जनाएको छ । घ’ट’नामा ११ जना घा’इते भएका छन् ।

बस सडकबाट करिब ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो। गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानी – घुम्टीमा मङ्सिर १० गते देखि १० दिनका लागि बाटो चौडा र मोडहरू कटिङ गर्नका लागि भन्दै बिहान ७ बजे देखि ११ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म सडक बिस्तारका लागि टाइम टेबल अनुसार सवारी साधन सञ्चालन हुँदै आएका थिए । दु’र्घट’नाको कारण एक्कासि जोडले ब्रेक थिच्दा बस अनियन्त्रित भई सडकको डिल भासिएर भिरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । बस चालक भर्खर सह चालकबाट बस चलाउन थालेको बताइएको छ ।  स्रोतः अर्घाखाँचीडट्कम


Spread the love