अपराध महाशाखाका इन्सपेक्टर ४० हजार घुससहित पक्राउ
![](https://www.meromauka.com/news/wp-content/uploads/2019/12/Untitled-3.png)
Spread the love
२५ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट पक्राउ गरेको जनाएको छ ।
Spread the love