अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण

Spread the love

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन् ।

विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु शिवाकोटीले जनाएका छन् । सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन् ।

अरुण टमाटाले कास्यमा चित्त बुझाए । मलेसियामा २१ जुलाईमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेस विडारीले जनाएका छन् ।त्यस्तै गरेर नेपालका सञ्जिव नेपालीले कांस्यपदक जितेका छन् ।उनले पुरुषको व्यक्तिगत पोम्सेको ४० वर्ष कम उमेर समूहको स्पर्धामा कांस्यपदक जितेका हुन् । उनको उमेर समूहमा ३२ देशका खेलाडीको सहभागिता रहेको बताइएको छ । उनका प्रशिक्षक राजु नगरकोटी रहेका छन् । सञ्जिवले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको उनको प्रशिक्षक नगरकोटीले बताए ।


Spread the love