मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो

Spread the love

एजेन्सी । मेक्सिकाेमा एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन्। चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन्।

बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए। तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन्। विग्रिएको सडकमा घिसारिँदा उनको ढाँड, हात तथा खुट्टामा चोटपटक लागेको छ। प्रहरीले गाउँलेलाई नियन्त्रणमा लिएपछि मेयर जर्जको ज्यान बचेको जनाइएको छ।

११ जना मानिसहरुलाई प्रहरीले यतिबेला नियन्त्रणमा लिएको छ। मेक्सिकोमा खासगरी लागुऔषध तस्करहरुले मेयर तथा राजनीतिज्ञमाथि आक्रमण गर्ने गर्दछन्।

विकास निर्माणको विषयमा मेयरमाथिको यस आक्रमणलाई विचार पुर्याउनु पर्ने त्यहाँका राजनीतिक विश्लेषकहरुले बताएका छन्।


Spread the love