लामो समय सुत्ने प्रतियोगिता काठमाडौँमा गर्ने तयारी
![](https://www.meromauka.com/news/wp-content/uploads/2019/09/xD375C8EF-C414-4D27-8D3A-61F79EA43A29.jpeg.pagespeed.ic_.k54Z8jnf8a.jpg)
Spread the love
लामो समय सुत्नु स्वास्थ्यका लागि समेत लाभादायी हुने विषय बेलाबेलामा अनुसन्धान हुँदै आएको छ । अनुसन्धानमा लामो समय सुत्दा स्वास्थ्यमा समस्या हुने विषय विभिन्न अध्ययनहरुले समेत देखाएका छन् ।
यस्तोमा काठमाडौँमा धेरै सुत्नेहरुका बिचमा प्रतियोगिता गर्नका लागि एक गैरसरकारी संस्थाले अध्ययन शुरु गरेको छ । सात दिन सात रात लामो समय सुत्ने प्रतियोगिता आयोजना गर्ने विषयमा अध्ययन गरिरहेको उक्त संस्थाले जानकारी दिएको छ ।
एकसाता लामो समयसम्म सुत्न सक्ने मानिसको स्वास्थ्य अबस्था बुझ्नका लागि उक्त संस्थाले यस्तो प्रतियोगिता गर्न लागेको जनाइएको छ । कुन स्थान र कहिले प्रतियोगिताको आयोजना गर्ने भन्ने विषयमा संस्थाले अहिले जानकारी नगराउने तर सुझाव सल्लाहअनुसार प्रतियोगिता गर्ने वा नगर्ने निर्णय गर्ने उत्तः संस्थाले जानकारी दिएको छ ।
Spread the love