रवि लामिछानेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

Spread the love

टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । समर्थकहरुको चर्को नाराबाजीसहित उनलाई जिल्ला अदालत चितवनमा उपस्थित गराएपछि थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको हो । 

पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । प्रहरीले अदालतसँग१० दिनको समय मागे पनि ५ दिनको मात्र म्याद पाएको हो । 

‘‘हामीले १० दिनको म्याद मागेको थियौं । सम्मानित अदालतले ५ दिन म्याद दिएको छ । हामी घटनाबारे अनुसन्धान गरिरहेका छौं’, चितवनका एक प्रहरी अधिकारीले भनेका छन् । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई बिहीवार पक्राउ गरेको थियो । तीनैजनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।


Spread the love