कार दुर्घटनाका चालक न्यूसाउथवेल्स प्रहरीद्वारा पक्राउ

Spread the love

गएको साता न्युसाउथवेल्सको कुमामा दुईजनाको ज्यान जानेगरी  भएको कार दुर्घटनाका चालक सागर भट्टराई पक्राउ परेका छन् । न्यूसाउथवेल्स प्रहरीले उनलाई नेपालतर्फ जान लागेको बेला विमानस्थलबाट नै पक्राउ गरेको हो । उनीमाथि लापर्वाहीपूर्वक गाडी चलाएको आरोप छ । साथै, मानिसको ज्यान जानेगरी सवारी दुर्घटना गराएकोसहित दुई अभियोग उनलाई लगाइएको छ । उनको जमानत खारेज गरिएको छ भने आज नै पारामाट्टा कोर्डमा प्रस्तुत गर्ने तयारी भएको छ । न्यूसाउथवेल्स प्रहरीले एक साताभन्दा लामो समयसम्म गरेको अनुसन्धानपछि उनलाई निगरानीमा राखेको थियो । तर, क्यानबेरा अस्पतालबाट डिस्चार्ज भए लगत्तै अष्ट्रेलिया छोडेर नेपाल जाने तयारी गरेपछि उनलाई पक्राउ गरिएको हो । घटनामा कंगारु अगाडि आएका कारण त्यसलाई बचाउन खोज्दा दुर्घटना भएको भनिएको थियो । पाँच जना सवार कारमा रहेकी एक यात्रुले सिट बेल्ट नलगाएको पाइएको थियो । उनी कार दुर्घटना हुँदा उछिट्टिएर बाहिर पछारिएकी थिइन् । उनको घटनास्थलमै ज्यान गयो । यस्तै ड्राईभिंग सिट नजिकै अगाडि बसेका युवाको पनि घटनास्थलमै ज्यान गएको थियो 


Spread the love