अस्ट्रेलीयामा सवारी दुर्घटनामा परि दुई नेपालीको मृत्य, तिन घाईते

Spread the love

अस्ट्रेलीयाको सिड्नीबाट हिउँ खेल्नको लागि स्नो माउन्टेन तर्फ जाँदै गर्दा आज बिहान करिब ३:४० बजे माज्डा ७ सेडानमा पाँच जना सवार रहेको कार दुर्घटना भएको छ। सो दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मत्यु भएको छ भने तिन जना घाईते भएका छन्। मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको जानकारी भएको छ। मोनारो हाईवेको कूमा भन्ने ठाउँ नजिकै एक रुखमा ठोकीएर करिव १६० मिटर तल कार खसेको थियो। 

दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ । उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए । कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए । क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए ।

घाईते तिन जनालाई कुमा हस्पिटल लगिएको छ। क्रास ईन्भेस्मेन्ट युनिटले घटनाको छानबीन गरिरहेको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यम एबिसीले जनाएको छ ।

इ नेपाल संवाददाता, अस्ट्रेलिया

Spread the love