५० हजार लिएर लाइसेन्स बनाउने प्रहरीको फन्दामा

Spread the love

बारा–जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले नक्कली लाइसेन्स बनाउने एक युवालाई पक्राउ गरेको छ । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने दिपक अर्याललाई पक्राउ गरेको हो ।

अर्यालले १२ जनाभन्दा बढिलाई ५० हजार रकम लिएर नक्कली लाइसेन्स बनाउने गरेको खुलेपछि प्रहरीले उनलाई जितपुर बजारबाट पक्राउ गरेको हो ।

उनीसँगै प्रहरीले ५ थान नक्कली सवारी चालक अनुमतिपत्र र चालक अनुमतिपत्र लिन बुझाएको रसिद बरामद गरेको छ ।

अर्यालले हलुका सवारीचालक अनुमति पत्रका लागि १० हजार र हेभी सवारी चालक अनुमतिपत्रका लागि ५० हजार रुपैयाँ लिने गरेको वारा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिए । 


Spread the love