सिड्नीको मोजो बारमा हुदै आएको नेपाली नाईटमा नेपाल बाट आउदै ३ उत्कृस्ट गाएक ।

Spread the love

प्रवासमा आफ्नो भबिस्य खोज्दै र सपना पुरा गर्न दिन रात नभनी दुख गर्दै आएका हामि नेपाली दाजु भाइ तथा दीद बहिनिहरुलाई काम, पडाई अनि बेस्ताता यी सबै कुराहरुले सताएको हुन्छ र बेला मौकामा आफ्नो दुख, पिडा भुलाउन रहर अनि रमाउने चाह सबैमा हुने गर्छ। त्येसैले सिड्नीको टाउनहल इस्थित मोजो बारमा यी सबै कुराहरुको मद्य नजर गर्दै सन्तोष न्यौपाने, आर्यन श्रेष्ठ लगाएत केहि दाजुभाइहरुले नेपाली नाइट इभेन्ट गर्दै आउनु भएको छ।

आउदो बिहिबार २५ जुलाई र सुक्रबार २६ जुलाईमा गेट लिन्कड द्वारा आयोजित नेपाली नाइटमा रोहित जोन छेत्री,नरेन लिम्बु र ५:५५ को बेजोड प्रस्तुति रहने छ साथै सिड्नीका भएका नेपाली आर्टिस्टहरुको पनि प्रस्तुति रहने नेपाली नाइटले जानकारी दिएको छ। हप्ताको एक दिन बिहिबार रति ७ बजे देखि हुदै आइरहेको एस इभेन्ट यो हप्ता भने बिहिबार र सुक्रबार गरि दुइ दिन हुनेछ।

हरेक हप्ता बिहिबार फ्री इन्ट्री रहदै आएको इभेन्टमा यो हप्ता बिशेस हुने भएकाले यस इभेन्टमा इन्ट्री फी रखिएको छ अनलाइन बुककिङ्गलाइ २०$ राखिएको छ भने डोर टिकटलाइ २५$ रहेको छ । यस कार्यक्रमलाइ अस्पाएर एडुकेशन एण्ड माइग्रेशनले सपोर्ट गरेको छ भने टिकट पार्टनर नैपल रहेको छ।

नेपाली नाइटले सिड्नीमा भएका नेपालीहरु जो आफ्नो कला भएर पनि देखाउने ठाउँ नपाएकाहरुलाई दरिलो प्ल्याटफर्म बनाइदिएको छ। तपाईहरुमा पनि गाउने कला छ भने नेपाली नाइटलाइ सम्पर्क गरि आफ्नो कला प्रस्तुत गर्न सक्नु हुन्छ र हप्ता को एक दिन खुलेर रमाउन सक्नुहुन्छ।

देवराज दुलाल इ-नेपाल 
सिडनी, अस्ट्रेलिया


Spread the love