राजदूतमा सिफारिस ४ जनाको नाम अनुमोदन

Spread the love

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावा फुटुङ शेर्पालाई राजदूत अनुमोदन गरेको छ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले चारैजनाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

अष्ट्रेलियाका लागि नाम अनुमोदन भएका  राजदूत महेशराज दाहाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहालका भतिजा हुन् । 

दाहालमाथि अमेरिकाको ग्रीनकार्ड लिएको विषय उठेको थियो। सांसदहरूले दाहालकी श्रीमतीले अमेरिकाको ग्रीन कार्ड लिएको उजुरी परेको भन्दै प्रश्न गरेका थिए ।  त्यस्तै बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले चुरेका ढुंगा बंगलादेशलाई बेचेर पैसा कमाउने प्रस्ताव गरेका थिए ।

संसदीय सुनुवाइ समितिको बैठकमा पूर्वसांसदसमेत रहेका मिश्रले ढुंगाका लागि एक खर्बको प्रस्ताव आएकाले बंगलादेशलाई ढुंगा बेचेर ’एक प्रयास तीन लाभ’ प्रस्ताव अघि सारेका थिए्।  समितिको बैठकमा बोल्दै मिश्रले भनेका थिए, ‘बंगलादेशलाई डुब्नबाट जोगाउन नेपालका ढुंगा चाहिएको छ । बंगलादेशबाट एक खर्बको प्रताव आएको छ, एक प्रयास तीन लाभले दोहोरो व्यापार हुन्छ।’


Spread the love