एएफसी यु-२३ छनोटमा नेपाल समूह ‘बी’मा

Spread the love

एएफसी यु-२३ छनोटमा नेपाल समूह ‘बी’मा परेको छ। यो समूहमा नेपालसँगै इरान, लेवनान र ताजकिस्तान परेका छन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले ४२ टिमलाई शुक्रबार ११ समूहमा विभाजन गरेको हो। 

११ सूमहबाट १५ टिम सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु-२३ प्रतियोगितामा छनोट हुनेछन्। 

उज्वेकिस्तान आयोजकको रुपमा स्वत: छनोट भएको प्रतियोगितामा १६ टिम भिड्नेछन्। 

छनोटबाट ११ समूहका विजेता र समूहमा दोस्रो हुने उत्कृष्ट ४ टिम एएफसी यु-२३ छनोट प्रतियोगितामा पुग्नेछन्। 

छनोट प्रतियोगितामा आगामी अक्टोबर २३ देखि २१ सम्म हुने तय छ। 

नेपाल सम्मिलित समूहको खेल ताजकिस्तानमा हुनेछ।

नेपालले पाँचौ पटक यु-२३ छनोट खेल्न लागेको हो। यसअघिका चार छनोटमा नेपाल असफल भएको थियो। 

यस्तो छ समूह विभाजन

समूह ए : सिरिया, कतार (आयोजक), यमन, श्रीलंका 

समूह बी :  इरान, ताजकिस्तान (आयोजक), लेवनान, नेपाल 

समूह सी : इराक, बहराइन (आयोजक), अफगानिस्तान, माल्दिभ्स 

समूह डी :  साउदी अरेबिया, बंगलादेश, कुवेत (आयोजक), उज्वेकिस्तान

समूह ई : युएई (आयोजक), ओमान, भारत, किर्गिस्तान

समूह एफ : जोर्डन (आयोजक), प्यालेस्टाइन, तुर्केमिनिस्तान 

समूह जी : अस्ट्रेलिया, चीन, इन्डोनेसिया (आयोजक), ब्रुनाइ

समूह एच : दक्षिण कोरिया, सिंगापुर (आयोजक), इस्ट टिमोर, फिलिपिन्स 

समूह आई : भियतनाम, म्यानमार, हङकङ, चाइनिज ताईपेई (आयोजक)

समूह जे : थाइल्यान्ड, मलेसिया, लाओस, मंगोलिया (आयोजक)

समूह के :  उत्तर कोरिया, जापान, कम्बोडिया


Spread the love