करेन्ट लागेर झापामा एकको मृत्यु

Spread the love

विद्युतीय करेन्ट लागेर झापाको अर्जुनधारा ६ मा एक जना मजदूरको मृत्यु भएको छ।

साँझ ५:१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरूङको एकतले घरको छत ढलान सकेर ढलानको भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लाग्दा ३८ वर्षीय आयुष राईको मृत्यु भएको हो।

इलाम सन्दकपुर २ घर भएका राई विर्तामोड १ बस्ने मा बस्दै आएका थिए। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।

मृतकको शव अस्पतालमा रहेको र अनुसन्धानको लागि इप्रका विर्तामोडबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताएका छन्।


Spread the love