बिपी प्रतिष्ठानका शीर्ष चार पदाधिकारी बर्खास्त गर्न केसीको माग

Spread the love

वरिष्ठ चिकित्सक गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। 

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी केसीले उपकुलपति ज्ञानेन्द्र गिरीसहित शीर्ष नेतृत्वमा रहेका रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकलाई बर्खास्त गर्न माग गरेका हुन्। 

उनीहरूले अस्पताललाई बर्बादीतर्फ धकेलेको र चिकित्सक, विद्यार्थी र नर्सहरू आन्दोलित बनेको विज्ञप्तिमा उल्लेख छ। 

‘बिपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन्। त्यसैले उनीहरूले तत्काल पद खाली गर्नुपर्छ र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार दलीय बफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्छ,’ केसीले भनेका छन्। 

पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रूपमा स्थापना भएको प्रतिष्ठान अहिले धरासायी हुने अवस्थामा रहेको केसीले बताएका छन्। 

प्रतिष्ठान सुधारका लागि अहिले बिपीका चिकित्सक, विद्यार्थी र र कर्मचारीहरू आन्दोलनमा छन्।


Spread the love