मंगलबारदेखि सबै पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने

Spread the love

काठमाडौं उपत्यकामा पसलहरूलाई लगाइएको बार प्रणाली हटेको छ।

सबै प्रकारका पसलहरू खोल्न दिने निर्णय काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गरेको सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।

खाद्यान्न पसलहरू दिनभरि नै खोल्न पाइने छन्।

‘सबै प्रकारका पसलहरू, बार अनुसार खोल्न दिइएको थियो। त्यसलाई हटाइएको छ,’उनले भने,’ खाद्यान्न पसलहरू साँझ ६ बजेसम्म नै खोल्ने भयो। त्योबाहेक अरू सबै ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ।’

त्यस्तै, बैठकले काठमाडौं उपत्यका प्रवेशमा पनि कडाइ गरेको छ।

काठमाडौं उपत्यका प्रवेश गर्नेहरूलाई पास अनिवार्य भएको उनले जानकारी दिए।

काठमाडौं उपत्यकाभित्रमै २५ सिट बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारीसाधन चलाउन दिएको छ।

ती सवारीसाधनहरू जोर-बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो।

लामो दूरीका सवारी साधन भने अहिले बन्द गरिएको छ। विवाह आफ्नै घरभित्रै १५ जना मान्छे सीमित गरेर गर्नुपर्ने आदेश जारी गरिएको छ।

तीन जिल्ला प्रशासन कार्यालयले भोलिदेखि थप एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याएको छ। 


Spread the love