दुब्लाउँदै गएका किम जोङ उन देखेर चिन्तित छन् उत्तर कोरियाली!

FILE PHOTO: North Korean leader Kim Jong Un speaks during the fourth-day sitting of the 3rd Plenary Meeting of 8th Central Committee of the Workers' Party of Korea in Pyongyang, North Korea in this image released June 18, 2021 by the country's Korean Central News Agency. KCNA via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. REUTERS IS UNABLE TO INDEPENDENTLY VERIFY THIS IMAGE. NO THIRD PARTY SALES. SOUTH KOREA OUT./File Photo

Spread the love

आफ्ना नेता किम जोङ उन दिनदिनै दुब्लाउँदै गएपछि उत्तर कोरियाली जनता चिन्तित बनेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार गत शुक्रबार उत्तर कोरियाको सरकार नियन्त्रित केआरटी टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्तामा राजधानी प्योङयाङका एक बासिन्दाले दुब्लाउँदै गएका किमलाई देखेर आफूहरू भावुक हुने गरेको बताएका छन्।

विदेशी विश्लेषकहरूले ३७ वर्षीय किमको स्वास्थ्यमा समस्या भएको हुन सक्ने बताइरहेका बेला उत्तर कोरियाको सरकारी टेलिभिजनमै उनको स्वास्थ्यबारे टिप्पणी भएको हो। सामान्य अवस्थामा उत्तर कोरियाका सञ्चारमाध्यमले किमको स्वास्थ्यबारे सामग्री प्रकाशन/प्रसारण गर्दैनन्।

प्योङयाङका ती वासिन्दाले आफूहरूले किमको हालैको एउटा भिडिओ हेरेको र त्यसले आफूहरूलाई चिन्तित बनाएको बताएका छन्।

‘आदरणीय महासचिव (किम जोङ उन) दुब्लाउँदै गएको देखेपछि हाम्रो मन निकै दु:खेको छ,’ उनले भनेका छन्,‘सबै जनाका आँखा भरिएका छन्।’

केही समयअघि वर्कर्स पार्टी अफ कोरियाको बैठकपछि किम र पार्टीका अन्य पदाधिकारी सहभागी एउटा कन्सर्टको भिडिओ प्योङयाङका सडकमा ठूला पर्दा राखेर देखाइएको थियो।

किम किन दुब्लाउँदै गएका हुन् भन्नेबारे सरकारी मिडियाहरूले केही खुलाएका छैनन्।

केही समयको अन्तरालपछि जुन महिनाको सुरूमा किम सरकारी मिडियामा देखिएपछि दक्षिण कोरियाको सउलस्थित एनके न्युजले उनले नाडी मसिनो भएको र पहिलाभन्दा घडी निकै कसेर बाँधेको विश्लेषण गरेको थियो।

तानाशाही तरिकाले उत्तर कोरियामा शासन चलाइरहेका किमबारे अन्तर्राष्ट्रियस्तरमा निकै चासो छ। अन्तर्राष्ट्रिय मिडिया, गुप्तचर र विश्लेषकहरूले उनको स्वास्थ्य नियालिरहेका हुन्छन्।  

गत वर्षको सुरूमा उनी आफ्ना हजुरबुवा किम इल सङको जन्मजयन्ति समारोहमा उपस्थित नभएपछि उनको स्वास्थ्यबारे निकै अड्कलबाजी भएका थिए।

पछिल्लो समय उत्तर कोरियामा खाद्यान्नको अभाव भइरहेका विवरणहरू आएका छन्।

अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिबन्ध र कोरोनाभाइरसका कारण चीनसँगको सीमा बन्द भएकाले उत्तर कोरियाको भोकमरी फैलन सक्ने अनुमान गरिएको छ।


Spread the love