डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक

Spread the love

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल एक पुस्तक प्रेमी व्यक्ति हुन् । उनले धेरै उत्कृष्ट पुस्तकहरु अध्ययन गरिसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा यतिबेला निषेधाज्ञा छ । सबै मानिसहरु घरभित्रै छन् । यस्तो बेलामा पुस्तक पढेर पनि समय कटाउन सकिन्छ । अब कस्तो किताब पढ्ने भन्ने दुबिधामा हुनुहुन्छ भने डा. रिजालको सिफारिस यस्ता छन् :

तरुण तपसी

तरुण तपसी लेखनाथ पौड्यालको एउटा उत्कृष्ट रचना हो । उहाँको कलम सैद्धान्तिक र व्यवहारीक दुवै किसिमको क्षेत्रमा चलेको छ । उनको रचनाहरु एकदमै सरल भाषामा लेखिएको हुन्छ । यो पुस्तकले समाजमा एक किसिमको ज्ञान फैलाएको छ । त्यसैले यो पुस्तक मलाई असाध्यै मन पर्छ ।

मुनामदन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय पुस्तक मुनामदनको सरल भाषाले गर्दा यो पुस्तक सबै उमेरसमुहको प्रिय बनेको छ । महाकवि देवकोटाले यस पुस्तकमा प्रयोग गर्नुभएको भाषा शैली विषयवस्तु अहिले पनि हाम्रो समाजसँग मिलिरहेको छ । त्यसैले यो पुस्तक पनि मलाई प्रिय लाग्छ ।


चिना हराएको मान्छे

हरिवंश आचार्यको चिना हराएको मान्छे पनि एक उत्कृष्ट पुस्तक हो । यसमा हरिवंश आचार्यको जीवनको उतारचढावका विषयमा चर्चा गरिएको छ । यस्ता बहुआयामिक व्यक्तित्वहरुको जीवन कस्तो छ ? अभिनय गरेर अरुलाई पेट मिची मिची हँसाउने र धरधरी रुवाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् जस्ता अनेक प्रसङ्गहरुको बेलिबिस्तार चिना हराएको मान्छेमा समावेस छ ।


महको म

हरिवंश आचार्यद्धारा लिखित चिना हराएको मान्छे पढिसकेपछि मदनकृष्ण श्रेष्ठको महको म पढ्न छुटाउने त कुरै भएन । यस किताबले जीवनमा आइपर्ने उतार चढावहरुसँग कसरी लड्ने भन्ने कुरा सिकाउँछ । यस पुस्तकले जीवन जीउने कला सिकाउँछ त्यसैले यो पुस्तक पनि उत्कृष्ट पुस्तकहरुको सुचिमा पर्छ ।

रामायण


आदिकवि भानुभक्त आर्चायले नेपाली भाषामा लेख्नुभएको रामायण कथा पनि पढ्नै पर्ने पुस्तक भित्र पर्छ । उनले नेपाली भाषामा लेखेको रामायणले नेपाली भाषालाई एउटा उचाइमा पु¥याएको छ । रामायणमा भएको कथा पनि आफैमा उत्कृष्ट भएकोले यो किताब सबैले एक पटक पढ्नै पर्छ ।


Spread the love