सांसदहरूलाई आजदेखि कोरोना खोपको दोस्रो डोज दिइने

Spread the love

संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ।

सचिवालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई  कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ। 


Spread the love