कांग्रेस अब महाधिवेशनमा केन्द्रीत हुने, वेवसाइटमा राख्यो क्रियाशील सदस्यको नामावली

Spread the love

नेपाली कांग्रेस अब १४ औं महाधिवेशनमा केन्द्रीत हुने भएको छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको तयारी तत्कालका लागि बिहीबार असफल भएको थियो।

भदौ ७ देखि महाधिवेशन हुने कार्यतालिका बनाएको कांग्रेसले लगभग सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसकेको बताएको छ।

क्रियाशील सदस्यको नाम अव कांग्रेसको वेवसाइटमै हेर्न मिल्ने केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सेतोपाटीलाई बताए।

‘क्रियाशील सदस्यको विवरण www.nepalicongress.org मा गएर हेर्न मिल्छ,’ उनले भने। कांग्रेस केन्द्रीय कार्यसमितिको गत वैशाख ६ को निर्णयअनुसार क्रियाशीलको विवरण वेवसाइटबाट सार्वजनिक गरिएको हो।

‘सार्वजनिक गरिएका क्रियाशील सदस्यको नामावलीउपर कुनै उजुरी वा गुनासा भए info@nepalicongress.org मा इमेल गर्न सकिन्छ,’ उनले भने।

छानविन समितिका सचिव केशव रिजालका अनुसार जेठ ७ गतेभित्र क्रियाशील सदस्यबारे कुनै उजुरी वा गुनासो भए पठाउन सक्ने बताए।

साथै प्रदीप पराजुलीलाई ९८५१०४४०६५, केशव रिजाललाई ९८५११२९०७८ र रामचन्द्र घिमिरेलाई ९८५११२४१९८ मा फोन गर्न सकिने पनि उल्लेख गर्दै रिजालले विज्ञप्ति निकालेका छन्।


Spread the love