विश्वका शक्तिशाली पासपोर्टका सूचीमा नेपाल अन्तिमबाट सातौ स्थानमा !!

Spread the love

सागर भुर्तेल, सिड्नी

हेन्ली एन्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ, जसमा सबैभन्दा बढी अन-अराइभल भिसा पाउने देशको पासपोर्टलाई पहिलो नम्बरमा र कम पाउने पासपोर्टलाई अन्तिममा राखिने गरिन्छ।

हेन्ली एन्ड पार्टनरले यसैसाता सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स, २०२०’ प्रतिवेदनमा नेपाल १०१औं स्थानमा छ। नेपाल तीन वर्षदेखि लगातार यही स्थानमा रहँदै आएको छ। प्रतिवेदनमा नेपाललाई अहिले विश्वका ३८ देशले मात्र अनअराइभल भिसा दिने उल्लेख छ।

सन् २०१९ मा पनि नेपाललाई विश्वका ३८ देशले मात्र अनअराइभल भिसा दिन्थे, यो सूचीको १०१औं स्थानमा थियो। सन् २०१८ मा नेपाल यो सूचीको १०१औं स्थानमा थियो र उक्त वर्ष नेपाललाई विश्वका ४० देशले अनअराइभल भिसा दिने गरेका थिए।

सन् २०२० मा विश्वका शक्तिशाली पासपोर्टका सूचीमा नेपालपछि मात्र ७ देश रहेका छन्। नेपाली नागरिकलाई विश्वका १ सय ८८ गन्तव्यमा जानका लागि जान अगावै भिसा लिन आवश्यक रहेको प्रतिवेदनमा देखाइएको छ।
हेन्ली एन्ड पार्टनरले सन् २०२० को सूची तयार पार्दा १ सय ९९ देशका पासपोर्ट र २ सय २७ गन्तव्यलाई समेटेको जनाएको छ। केही देशका पासपोर्टहरू एउटै स्थानमा परेका कारण सूचीमा १ सय ७ स्थानसम्म मात्र ती पासपोर्टलाई समेटिएको छ।

सन् २०२० मा विश्वका शक्तिशाली पासपोर्टका सूचीमा नेपालपछि मात्र ७ देश रहेका छन्। नेपाली नागरिकलाई विश्वका १ सय ८८ गन्तव्यमा जानका लागि जान अगावै भिसा लिन आवश्यक रहेको प्रतिवेदनमा देखाइएको छ।

सूचीमा नेपालपछि रहेका एउटाबाहेक सबै द्वन्द्वग्रस्त देश छन्। सूचीमा नेपालसँगै एउटै स्थानमा प्यालेस्टाइन रहेको छ। नेपालपछि लिविया, यमन, पाकिस्तान, सोमालिया, सिरिया, इराक र अफगानिस्तान रहेका छन्। अर्थात् विश्वको सबैभन्दा खराब ८ पासपोर्टमा नेपाली पासपोर्ट परेको छ।

सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा पहिलो स्थानमा लगातार तेस्रो वर्ष पनि जापान रहन सफल भएको छ। जापानी पासपोर्टलाई विश्वका १ सय ९१ देशले अनअराइभल भिसा दिने गरेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२० को सूचीमा दोस्रो नम्बरमा सिङ्‍गापुर रहेको छ, जसलाई विश्वका १ सय ९० देशले अनअराइभल भिसा दिने गरेका छन्। तेस्रो नम्बरमा रहेको जर्मनी र दक्षिण कोरियालाई विश्वका १ सय ८९ देशले अनअराइभल भिसा दिने गरेका छन्। चौथो नम्बरमा रहेका फिनल्यान्ड र इटालीलाई १ सय ८८ देशले अनअराइभल भिसा दिने प्रतिवेदनमा उल्लेख छ।

सन् २०२० कोलागि सब भन्दा शक्तिशाली दस पासपोर्टहरू
१।जापान (१९१ देश )

२। सिंगापुर ( 190 देश)

३। दक्षिण कोरिया, जर्मनी (१८९ देश)

४। इटाली, फिनल्यान्ड (१८८ देश)

५। स्पेन, लक्जमबर्ग, डेनमार्क (१८७ देश)

६। स्वीडेन, फ्रान्स (१८६ देश)

७।स्विजरल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड्स, आयरल्यान्ड, अष्ट्रिया (१८५ देश)

८। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नर्वे, ग्रीस, बेल्जियम (१८४ देश)

९। न्यूजील्याण्ड, माल्टा, चेक गणराज्य, क्यानडा, अष्ट्रेलिया (१८३ देश )

१०। स्लोभाकिया, लिथुआनिया, हंगेरी (१८१ देश)

तपाईंको अस्ट्रेलियन राहदानीले फिजी देखि संयुक्त राज्य अमेरिका लगाएत १८३ देशहरूमा घुम्न अनुमति छ ।

सन् २०२० कोलागि विश्वको सब भन्दा कमजोर पासपोर्टहरू
१०० उत्तर कोरिया, सुडान (३९ देश )

१०१ नेपाल, प्यालेस्टाइन क्षेत्र (३८ देश)

१०२ लिबिया (३७ देश)

१०३ यमन (३३ देश)

१०४ सोमालिया, पाकिस्तान (३२ देश)

१०५ सिरिया (२९ देश)

१०६ इराक (२८ देश)

१०७ अफगानिस्तान (२६ देश)

सन् २०२० को सूचीअनुसार नेपाललाई अन अराइभल भिसा दिने विश्वका ३८ राष्ट्रमध्ये एसियाका ११, अफ्रिकाका १७, ओसिनियाका ६, क्यारेबियन ३ र दक्षिण अमेरिकाका एक राष्ट्र छन्।
नेपाललाई अन अराइभल भिसा दिने एसियाली राष्ट्रमा बङ्‍गलादेश, कम्बोडिया, भारत, इन्डोनेसिया, लाओस, माल्दिभ्स, पाकिस्तान, फिलिपिन्स, सिङ्‍गापुर, श्रीलङ्‍का, टिमोर-लेस्ते छन्। यस्तै, अफ्रिकी राष्ट्रहरू गाम्बीया, गुयना-बिसाउ, केन्या, मादागास्कर, मौरिटिनिया, मोजाम्बिक, रूवान्डा, सेनेगल, सिचिली, सोमालिया, टोगो, युगान्डा, कोमोरेस आइल्यान्ड, इजिप्ट र केप भर्डे आइल्यान्डले नेपाललाई अन अराइभल भिसा दिने गरेका छन्।

ओसिनियाका कुक आइल्यान्ड्स, माइक्रोनेसिया, निउ, पलाउ आइल्यान्ड्स, सामोआ र तुभालुले पनि नेपाललाई अन अराइभल भिसा दिने गरेको हेन्ली एन्ड पार्टनरको प्रतिवेदनमा उल्लेख छ। क्यारेबियनका डोमिनिका, हाइटी र सेन्ट भिन्सेन्ट र दक्षिण अमेरिकाको बोलिभियाले नेपाली पासपोर्टवाहकलाई अन अराइभल भिसा दिने गरेका छन्।


Spread the love