रामकृष्ण ढकालको मौनतामा

Spread the love

नेपाली सुगम संगीतका लोकप्रिय गायक हुन् – रामकृष्ण ढकाल । लामो समयदेखि सांगीतिक क्षेत्रमा हिडिरहेका ढकालले कयौं लोकप्रिय गीत सांगीतिक क्षेत्रलाई दिएका छन् । सधैं गीतको चर्चामा रहने गायक ढकाल यतिबेला भने पारिवारिक विखण्डनको चर्चामा छन् । मिडियादेखि आम मानिससम्मले अनेक अड्कल बाजी गरिरहेको यो समय उनी भने मौन छन् । उनले एकाध स्टाटस बाहेक केहि प्रतिकृया दिएका छैनन् । 

हो, यहि समय गायक ढकालको नयाँ गीत सार्वजनिक भएको छ – ‘मौनता…।’ उनले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना स्रोता तथा दर्शकलाई नयाँ गीत उपहार दिएका हुन् । सार्वजनिक गीतमा दुर्गा खनालको शब्द तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ ।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा गायक आफैं मोडलका रुपमा देखा परेका छन् । अभिनेत्री मरिष्का पोख्रेलले गायक ढकाललाई जोडीका रुपमा म्यूजिक भिडियोमा साथ दिएकी छिन् । 

चन्द्र पन्तले निर्देशन गरेको म्यूजिक भिडियोमा शिव विकको कोरियोग्राफी रहेको छ । म्यूजिक भिडियोमा कृष्ण बहादुर थापाको छायांकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।

मौनतामाको म्यूजिक भिडियो :

http://bit.ly/2MMhHT5

Spread the love