छालाका लागि गुणकारी सुन्तलाको बोक्रा

Spread the love

जाडो मौसम चिसो जस्तै सुन्तलाको सिजन हो । यो सिजनमा सुन्तला प्रसस्त मात्रामा पाईन्छ । घाममा बसेर सुन्तला खाने सुन्तला पारखीहरु पनि यो सिजना उल्लेख्य संख्यामा भेटिन्छन् । तर, हामी सुन्तला खाएर सुन्तलाको बोक्रा भने डस्बिनमा फ्याकिदिन्छौँ । हामीले बेकामे भनेर खुदीको सेवन पछि फालेको बोक्रा सुन्तलाभन्दा धेरै गुणकारी छ भन्ने हामी कर्मलाई थाहा छ ।

विशेषगरी, सुन्तलाको बोक्रा हाम्रो शरीरको छालाको लागि लाभदायी हुन्छ । सुन्तलाको बोक्राले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्रालाई सुकाएर धुलो बनाई प्रयोग गर्न सकिन्छ । 

सुन्तलाको बोक्रको प्रयोगले एक्नी हटाउन मद्दत गर्छ । सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाईन्छ । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ ।

यस्तै, अनुहारमा रहेका मृत छालालाई हटाउन पनि सुन्तलाको बोक्राले मद्दत गर्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ । त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ ।

छालामा जमेर बसेको फोहोर हटाउन पनि सुन्तालाको बोक्राको प्रयोग गर्न सकिन्छ । सुन्तलाको बोक्रा अनुहारमा लगाउनाले अनुहारमा फ्रसनेश र चमक आउँछ । 


Spread the love